विद्याले राजनीतिमा पुनः सक्रिय भएको घोषणा गर्दा कार्यक्रम स्थलमा ताली, तस्बिरहरू
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा पुनः सक्रिय भएको घोषणा गरेकी छन् ।
_ifnunowm60.jpg)
जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौँमा आयोजना गरेको जबजका ३ दशक विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ पार्टी सदस्यता नवीकरण गरेको बताएकी हुन् ।
_SfoCVOr2B7.jpg)
एमालेमा जोडिदा आफूलाई गर्व महसुस भएको र आफ्नो कुनै विशिष्ट महत्त्वाकाङ्क्षा नरहेको उनले बताइन् । भण्डारीले देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य भएको समेत जिकिर गरिन्।
राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा आफूलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएको र थप परिपक्व समेत बनाएको धारणा राखिन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति भएर करिब ७ वर्ष जिम्मेवारीमा रहँदा देश र जनताको हितलाई ध्यानमा राखेरै काम गरेको उल्लेख गर्दै भण्डारीले आफ्नो तर्फबाट राष्ट्र र नागरिकको स्वाभिमानमा कुनै पनि आँच आउने काम नगरेको जिकिर गरिन् ।
_ffXN9FJx6r.jpg)
उनले आफू राष्ट्रपतिको भूमिकाबाट बाहिर निस्किएपछि विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तर्क्रिया गरेको गरेको र सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएको निष्कर्ष निकालेको बताइन् ।
_CXoT29OrKD.jpg)
भण्डारीले राजनीतिमा फर्किने घोषणा गर्दा हलमा तालीको गडगडाहटले स्वागत गरिएको थियो ।
_BoHxqb6vEZ.jpg)
_p02hBvCPnQ.jpg)
_0nUxCHuv1A.jpg)
_r6vVO78g3i.jpg)
_b9gN9wi9oD.jpg)
_zgf4KSbhtp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव
-
सञ्चारमाध्यमप्रति सरकारको दृष्टिकोणमा सङ्कुचन आयो: अध्यक्ष शर्मा
-
दलित, महिला, सीमान्तकृत समुदायका लागि आवाज उठाइरहन्छु : सांसद रम्तेल
-
ध्रुवे हात्तीको आतंक: घरमै पसेर आमा–छोराको लियो ज्यान, स्थानीयको प्रदर्शनपछि चारबुँदे सहमति
-
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण