सक्रिय राजनीतिमा फर्किइन् विद्या, एमालेमा के पाउँछिन् जिम्मेवारी ?
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा फर्केर सक्रिय राजनीतिमा पुनरागमन गरेकी छन्।
- भण्डारीले पार्टी सदस्यता नवीकरण गर्दै मदन भण्डारीको जन्मजयन्तीमा आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिने घोषणा गरिन्।
- एमाले अध्यक्ष केपी शर्मा ओलीले भने भण्डारीको पुनरागमनलाई लिएर कुनै ठूलो घटना नहुने बताए।
काठमाडौँ । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएकी छन् । जननेता मदन भण्डारीको ७४ औँ जन्म जयन्तीका असरमा शनिबार आयोजित कार्यक्रममा विद्याले एमालेबाटै आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ पार्टी सदस्यता नवीकरण गरेको सार्वजनिक गर्दै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी हुन् ।
‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु’, भण्डारीले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’
त्यस क्रममा उनले आफ्नो राजनीतिक पुनरागमन ठुलो महत्त्वाकाङ्क्षा नरहेको पनि सुनाइन् । ‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेता मदनले भन्ने गर्नुहुन्थ्यो— जनता भगवान् हुन् । साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन,’ उनले भावुक बन्दै उनले भनिन्, ‘आज तपाईँहरूका बिचमा हुँदा मदनका यी भनाइहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु ।’
विद्याले मदनका भनाइलाई नै आदर्श मानेर समर्पित बनिरहेको सुनाइन् । आफ्नो राजनीतिक जीवनयात्रा सुनाउँदै भण्डारीले भनिन्, ‘राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतार चढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्व समेत बनाएका छन् ।’
_SfoCVOr2B7.jpg)
२०७४ को निर्वाचनपछि राष्ट्रपति बनेकी भण्डारी दुई कार्यकाल गरेर ७ वर्ष शीतलनिवासमा बिताइन् । २०७९ को निर्वाचनपछि सोही वर्षको फागुन अन्तिममा शीतल निवासबाट निजी निवास फर्केकी भण्डारी त्यसयता विभिन्न सामाजिक कामका नाममा देश दौडाहा र छिमेकी देश चीनको भ्रमण समेत गर्न पुगिन् । शीतलनिवासबाट फर्केपछि झण्डै २ वर्ष भण्डारीले एमाले नेता कार्यकर्ताको मनोभाव बुझ्न खर्चिइन् । शनिबार लामो विमर्शपछि उनले एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरिन् । भण्डारीको यो घोषणाले एमालेभित्र लामो समय नेतृत्वको उपेक्षामा परेर गुम्सिन बाध्य भएका नेता कार्यकर्ताहरूलाई राहत मिलेको छ ।
अर्कोतर्फ नेकपा एमालेमा रहेको ७० वर्षे उमेर हद र २ पटक कार्यकालको विषयलाई लिएर नेता कार्यकर्ताहरूमा बहस चलिरहेका बेला भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गर्नुलाई एमालेको भावी नेतृत्वसँग समेत जोडेर हेर्न थालिएको छ । भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्केसँगै अव उनले पार्टीमा के जिम्मेवारी पाउँछिन् भन्ने चासो समेत एमालेका नेता कार्यकर्ताहरूले राख्न थालेका छन् ।
_CXoT29OrKD.jpg)
यद्यपि विद्याले एमालेको सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा फर्केको घोषणा गर्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा केके न हुन्छ र बम-बारुद पड्किन्छ भन्ने जसरी प्रचार भएकोमा आपत्ति जनाएका थिए ।
‘मदन भण्डारीको ७४ औँ जन्मजयन्ती, यसलाई धेरैले विभिन्न आश गरेका छन् । यहाँ मैले बम पड्काउँछु, विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, भन्ने सपना देखेर बसेको छ,’ ओलीले भनेका छन्, ‘कुनै बम, बन्दुक, बारुद, गोला केही पड्कने वाला छैन । आश नगरे हुन्छ । नेकपा एमाले एक छ, एक हुन्छ, एकजुट भएर लाग्छ ।’
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विद्या एमालेको सक्रिय राजनीतिमा फर्कनुलाई सामान्य र राजनीतिक धर्म नै भएको बताउँछन् । साथै पोखरेलले अव विद्याले पार्टीमा कुन जिम्मेवारी लिने भन्ने सल्लाहले टुङ्गिने पनि बताएका छन् ।
_4cnEhItFaJ.jpg)
‘दललाई नै प्रतिनिधित्व गरेर राष्ट्रपतिमा जानुभयो । उहाँ राजनीतिक मान्छे हो, राजनीतिमा रुचि हुन्छ । कुनै अनौठो कुरा होइन । कुन जिम्मेवारी लिने भन्ने कुरा जे सल्लाह र समझदारी हुन्छ, त्यहीअनुसार हुन्छ’, वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ छ ।
भण्डारीको एमाले पुनरागमनलाई एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले स्वागत गर्ने बताए ।
‘औपचारिक रूपमा एमालेको राजनीतिमा फर्किएको घोषणा गर्नुभएको हो भने भने हामी उहाँलाई स्वगत गर्छौँ । एमालेमा औपचारिक रूपमा आएर काम गर्छु, समय दिन्छु र पार्टीले जिम्मेवारी दिएका ठाउँमा काम गर्छु भन्नु सुखद,राम्रो र स्वागतयोग्य कुरा हो’, गौतमले रातोपाटीसँग भने । गौतमले भण्डारीको पुनरागमनलाई स्वागत गरे पनि नेतृत्वका बारेमा अहिले कुनै चर्चा, छलफल र बहस भइनसकेको विषय रहेकाले केही भन्न नसक्ने प्रतिक्रिया दिए ।
‘नेतृत्वको बारेमा कहीँपनि हामीले चर्चा,विमर्श र छलफल गरेका छैनौ, किनभने यो समय नेतृत्वका बारेमा छलफल गर्ने समय होइन’, उनले भने, ‘भदौ २० देखि २२ सम्म दोस्रो विधान महाधिवेशन गर्दैछौँ । यसले ३ वटा काम गर्छ ।’
विधान महाधिवेशनबाटै नेतृत्वको संरचनाबारे टुङ्गो लगाउने गौतमको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तर परीक्षणमा एआईले अपेक्षित नतिजा दिन नसकेपछि फोर्डले पुनः नियुक्त गर्यो अनुभवी इन्जिनियर
-
युएनडीपीले भन्याे– पश्चिम एसिया द्वन्द्व समाधानको प्रयास विकासशील देशहरूलाई बोझिलो
-
चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै माइतीघरमा विद्यार्थी प्रदर्शन (तस्बिरहरु)
-
लामो समय अलपत्र मर्स्याङ्दी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न
-
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
-
भन्सार विभागका महानिर्देशक भण्डारी अर्थ मन्त्रालयमा तानिएसँगै पाण्डेलाई निमित्तको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण