प्रसिद्धको शतकमा नेपालद्वारा इन्डोनेसियालाई ४ सय २१ रनको विशाल लक्ष्य
सारांश
- एसीसी यू-१६ इस्टो जोन कपमा नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दियो ।
- प्रसिद्ध जैसीले १३२ रनको शतकीय इनिङ्स खेले, जसले नेपालको स्कोर उच्च बनायो।
- नेपालले यसअघि सिंगापुर र जापानलाई पराजित गर्दै लगातार तेस्रो जितको लक्ष्य राखेको छ।
काठमाडौँ । प्रसिद्ध जैसीको शतकको सहयोगमा एसीसी पुरुष यु–१६ इस्ट जोन कप प्रतियोगिताको तेस्रो खेलमा नेपालले इन्डोनेसियालाई ४ सय २१ रनको विशाल लक्ष्य दिएको छ ।
सेलानगोर मलेसियामा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय २० रन बनायो ।
नेपालका लागि प्रसिद्धले १ सय ३२ रनको शतकीय पारी खेले । १ सय १४ बल खेलेका उनले १५ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै परिमार्जन यादव, रौनक श्रीवास्तव र जोय थापाले अर्धशतकीय पारी खेले । परिमार्जनले २८ बलमा ७१ रन बनाउँदा रौनकले ७१ बलमा ८८ र जोयले ४१ बलमा ५७ रन बनाए ।
नेपालका सुगम बुढाथोकीले ३९ रनको योगदान गरे । इन्डोनेसियका लागि केटुट दर्माले दुई विकेट लिँदा केभिन निरज चड्डा, महेन्द्र आजी र रहान रिजाले एक–एक विकेट लिए ।
नेपाल आजको खेलमा जित निकाल्दै लगातार तेस्रो जित दर्ता गर्ने योजनामा छ । यसअघिको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराउँदा जापानमाथि ९ विकेटको जित निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण