सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सुधार गृहको दुई तला माथिबाट हामफालेका युवकको मृत्यु

मङ्गलबार, १७ असार २०८२, १६ : २७
मङ्गलबार, १७ असार २०८२

सारांश

  • ललितपुरको ठैवमा रहेको सुधार गृहबाट हाम फालेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
  • मृत्यु हुनेमा सुनसरीका २९ वर्षीय सोनु राई रहेका छन्, जो १३ दिनअघि मात्रै सुधार गृहमा भर्ना भएका थिए।
  • उनलाई लागुऔषधको लत छुटाउन परिवारले सुधार गृहमा राखेका थिए, र उनले दुई तले भवनबाट हाम फालेका थिए।

काठमाडौँ । ललितपुरको ठैवमा सुधार गृहबाट हाम फालेका युवकको उपचारको क्रममा मृत्यु भएको छ । 

संगिनी वृहत सुधार गृहको दुई तले भवनको छतबाट हामफालेका २९ वर्षीय सोनु राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले रातोपाटीलाई बताए ।

राई सुनसरीको रेल्टीचौरका स्थानीय हुन् । ललितपुरको ठैवमा राज कुमार गुरुङले सञ्चालन गरेको सुधार गृहमा उनी १३ दिनअघि मात्रै भर्ना भएका थिए ।

मंगलबार बिहान छतबाट हामफालेपछि उनलाई सुरुमा मेडिसिटी अस्पताल र त्यसपछि पाटन अस्पतालमा लगिएको सुधार गृहका सञ्चालक राजकुमार गुरुङले रातोपाटीलाई बताए ।

मृतकलाई लागुऔषध (सिरिन्ज)को लत छुटाउन परिवारका सदस्यहरूले सुधार गृहमा भर्ना गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप