शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

गायिका एलिनाको प्रश्न : के लाग्छ नराम्रो प्रतिक्रियाले हार मान्छु होला ?

बुधबार, १८ असार २०८२, १९ : ३९
बुधबार, १८ असार २०८२

काठमाडौँ । गायिका एलिना चौहानले दुई चार वटा नराम्रो प्रतिक्रिया आउँदैमा हार नमान्ने बताएकी छन् । 

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गायिका चौहानले यस्तो बताएकी हुन् । उनले लेखेकी छन्,'बाच्न भन्दा मृत्यु सहज लागेको अवस्थाबाट बाचेर फर्किएको मान्छे हो, के लाग्छ २/४ वटा नराम्रो प्रतिक्रियाले हार मान्छु होला ?'

आफूलाई सखाप पार्न भनेर फालिएको आगोको मुस्लोले जिन्दगीलाई थप उज्यालो बनाउने समेत उनले बताइन् । पूर्व पति विष्णु सापकोटासँग जोडेर सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट गरिएपछि गायिका चौहानको यस्तो प्रतिक्रिया आएको हो । उनले नकारात्मक कमेन्ट गर्नेहरूलाई सार्वजनिक समेत गर्दै आएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप