हटपट चाउचाउ र रङ्गिला दालमोठ ‘अखाद्य’, बिक्री रोकेर बजारबाट फिर्ता ल्याइँदै
काठमाडौँ । नेपालमा उत्पादन हुने एउटा पिरो चाउचाउ र दालमोठमा खाद्यस्तर गुणस्तरहीन पाइएको छ ।
पोखरा नुडल्स प्रालिले उत्पादन गर्ने हटपट चाउचाउको ब्याच नम्बर १२७ यु २ को उत्पादनमा न्यूनस्तरको खाद्य पदार्थ पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
यस्तै रिजाल फुड एण्ड वेभरेज प्रालि चितवनले उत्पादन गर्ने रङ्गिला दालमोठको ब्याच नम्बर जी ०७ को दालमोठ पनि गुणस्तरहीन पाइएको विभागले जनाएको छ ।
विभागले बजार अनुगमबाट सङ्कलन गरिएको खाद्य पदार्थको नमुना राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाका सार्वजनिक खाद्य विश्लेषक समक्ष पेस गरिएको थियो ।
खाद्य विश्लेषक मार्फत परीक्षण गर्दा खाद्य पदार्थ न्यूनस्तर भएको पाइएको खाद्य निरीक्षक अधिकारी नवराज आचार्यले जानकारी दिए ।
बिक्री रोकेर बजारबाट फिर्ता ल्याइँदै
आचार्यका अनुसार बिक्री वितरण रोक्का गरी उक्त ब्याच नम्बरका सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता ल्याउन विभागले निर्देशन दिएको छ ।
विभागले यसको विषयमा थप कारबाहीबारे भने खुलाएका छैन । विभागले उद्योगहरूले बजारबाट गुणस्तरहीन उत्पादन फिर्ता गरेर जानकारी दिएपछि यसबारे थप खुलाउने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण