रूसमा घट्यो सवारीसाधनको बिक्री
काठमाडाैँ । रुसको उद्योग तथा व्यापार मन्त्रालयले सन् २०२५ को पहिलो छ महिनामा नयाँ सवारीसाधनको बिक्री गत वर्षको सोही अवधिको तुलनामा करिब २८ प्रतिशतले घटेर छ लाख सात हजार पाँच सय युनिटमा झरेको जानकारी दिएको छ ।
यस अवधिमा यात्रु सवारी, साना व्यवसायिक सवारी तथा यात्रुबाहक बसहरू बिक्री भएका छन् । घरेलु रूपमा उत्पादन भएका सवारीसाधनमध्ये करिब तीन लाख ३३ हजार तीन सय युनिट मात्र बिक्री भएको र यो सङ्ख्या गत वर्षको तुलनामा करिब ११ प्रतिशतले कमि आएको मन्त्रालयले जनाएको छ ।
बिक्रीमा यात्रु सवारी २६ प्रतिशत, साना व्यवसायिक सवारी १९ प्रतिशत र यात्रुबाहक बस ५४ प्रतिशतले घटेका छन् ।
यसैगरी, जुन महिनामा मात्र नयाँ सवारीसाधनको बिक्री गत वर्षको सोही महिनाको तुलनामा ३१ प्रतिशतले घटेको र अघिल्लो महिनाको तुलनामा दुई प्रतिशतले कमि आएको मन्त्रालयले जनाएको छ । जुन महिनामा करिब एक लाख एक हजार युनिट नयाँ सवारीसाधन बिक्री भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण