सुनचाँदी व्यवसायीद्वारा संयुक्त विरोध कार्यक्रमको तालिका सार्वजनिक, असार २७ गतेसम्म पसल बन्द
आइतबार, २२ असार २०८२, ११ : ३९
सारांश
- सुनचाँदी व्यवसायीहरूले असार २२ देखि २७ गतेसम्म विरोध कार्यक्रमको तालिका सार्वजनिक गरेका छन्।
- उनीहरूले गहनामा अव्यवहारिक कर लगाइएको भन्दै विरोध जनाएका छन्।
- व्यवसायीहरूले साउन १ देखि अनिश्चितकालीन पसल बन्द गर्ने घोषणा गरेका छन्।
काठमाडौँ । सुनचाँदी र हिराका गहनामा अव्यवहारिक कर लगाइएको भन्दै आन्दोलित सुनचाँदी व्यवसायीहरुले असार २२ देखि २७ गतेसम्मको संयुक्त विरोधको तालिका सार्वजनिक गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले देशभर संयुक्त विरोध कार्यक्रम गर्नेगरी तालिका सार्वजनिक गरेको हो ।
विरोध कार्यक्रमका क्रममा सम्बन्धित पसल तथा व्यवसाय बन्द रहने जनाइएको छ ।
व्यवसायीहरूले विलासिता सर खारेज नभएसम्म आन्दोलन जारी रहने बताएका छन् भने साउन १ देखि त अनिश्चितकालीन पसल बन्दको घोषणा यसअघि नै गरिसकेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण