शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
उद्घाटन

प्रधानमन्त्री ओलीले गरे हुम्लास्थित बेलीब्रिजको उद्घाटन

आइतबार, २२ असार २०८२, १८ : ३४
आइतबार, २२ असार २०८२

काठमाडौँ । कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पुनाथस्थित चुवा खोलामा नवनिर्मित बेलीब्रिजको उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नवनिर्मित बेलीब्रिजको उद्घाटन गरेका हुन् । 

हुम्लाको चुवाखोला बेलीब्रिजको उद्घाटन कार्यक्रम बिहान ११ बजेका लागि तय गरिएको थियो। ‎तर, सुर्खेतबाट हुम्ला जाने हवाई मार्ग, विशेष गरी कालिकोट खण्डको मौसममा सुधार नभएपछि प्रधानमन्त्रीको उडान ढिलो भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप