नेपालमा महको उत्पादन २५०० मेट्रिक टन, विदेशमा पनि माग
काठमाडौँ । नेपालमा महको उत्पादन २५ सय मेट्रिक टन पुगेको बिकिपिङ एण्ड रिसर्च सेन्टरकी प्रवन्ध निर्देशक महालक्ष्मी श्रेष्ठले बताएकी छन् ।
पछिल्लो २० वर्षमा नेपालले महको क्षेत्रमा ठूलो फड्को मारेको उनको दाबी छ ।
बिकिपिङ एण्ड रिसर्च सेन्टरले गरेको अनुसन्धानबाट पनि पछिल्लो समय नेपालमा मह उत्पादन फष्टाएको देखिएको उनले बताइन् । बुधबार राजधानीमा नेपाल कृषि व्यवसाय नविनता केन्द्र नेबिकले आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले पहिला ५० मेट्रिक टन मात्र मह उत्पादन हुने गरेको बताइन् ।
नेपाली महको अन्तर्राष्ट्रिय स्तरमा माग बढेको र कतिपय अवस्थामा नेपालीलाई मार्केटिङबारे ज्ञान नभएकाले उत्पादित मह के गर्ने बारे अनविज्ञ रहेको अनुभव श्रेष्ठले सुनाइन् ।
यता, राष्ट्रिय किसान अयोगका उदय चन्द्र ठाकुरले दक्षताको अभावले नेपालको कृषि उत्पादनको बजारीकरणमा समस्या हुने गरेको उल्लेख गरे । कृषिको दिगो विकासको लागि पनि स्किल ग्याप हटाउन सरोकारवालाहरुले ध्यान दिनुपर्ने उनको भनाई थियो ।
नबिक कृषि क्षेत्रको प्रबद्र्धनको लागि खुलेको संस्था भएकाले यस्ता सँस्थाहरुलाई प्रश्रय दिन उनले भने । नेबिकका निमित्त कार्यकारी अधिकृत भुषण शाहले नेबिकले कृषिको औद्योगिकीकरण र व्यावसयिकरण भूमिका खेल्दै आएको बताए ।
नेपाल कृषि व्यवसाय नविनता केन्द्र (नेबिक) कृषि विकास मन्त्रालय, व्यावसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट) र विश्व बैंकको सहयोगमा सन् २०१७ मा स्थापना भएको परियोजना हो ।
यो कृषि व्यवसाय प्रबद्र्धन गर्ने संस्था हो । यसले कृषि व्यवसायीहरुको क्षमता अभिबृद्धिका लागि आवश्यक व्यवसायिक सेवा प्रदान गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण