शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकामा नारायणकाजी श्रेष्ठद्वारा नेपाली समुदायसँग संवाद

सोमबार, २३ असार २०८२, १४ : २८
सोमबार, २३ असार २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाको लस एन्जेल्समा आयोजित नेपाली समुदायसँग सोमबार भेटघाट गरेका छन् । 

पछिल्लो पटक सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढाएको स्मरण गर्दै श्रेष्ठले हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान सम्पन्न भएको तथा पहिलो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित हिमाल–पहाड जागरण अभियानको सफल समापन पश्चात अमेरिका भ्रमणमा आएका बताएका छन् ।

लस एन्जेल्स आगमनपछि आयोजित ग्रिट एण्ड मिट कार्यक्रममा उनले विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरू, व्यवसायी, इन्जिनियर, चिकित्सक, प्राध्यापक, पत्रकार, पुराना सहपाठी तथा विद्यार्थीहरूसँग भेटघाट गरेका थिए । कार्यक्रम अवैतनिक महावाणिज्यदूत ऋषि गुणाखर ढकालद्वारा आयोजना गरिएको थियो । 

श्रेष्ठले कार्यक्रममा वर्तमान राजनीतिक परिस्थिति, समृद्धिको कार्यभार, चुनौती तथा सम्भावनाहरू, गैरआवासीय नेपाली नागरिकताको व्यवस्था, तथा विदेशी भूमिमा रहेका नेपालीहरूबाट हुने अपेक्षाका सन्दर्भमा आफ्नो धारणा प्रस्तुत गरे । सहभागीहरूले राखेका जिज्ञासा र सुझावहरूमा उनले समुचित जवाफ दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप