चलचित्र ‘मोहर’को ‘झुम झुम झुम्किका’ गीत सार्वजनिक
काठमाडौँ । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द, एसडी योगीको संगीत छ ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह र बेनिशा हमाललाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा यी दुई कलाकार छमछमी नाचेका छन् । यसअघि सार्वजनिक फिल्मको शीर्ष गीतमा पल शाह र नीति शाहको जोडीलाई देखाइएको थियो ।
फिल्म मेकर्स प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । फिल्ममा अर्जुन जंग शाही, रवीन्द्र झा, लक्ष्मी गिरीको पनि मुख्य भूमिका छ ।
फिल्ममा कुमार महर्जनको एक्सन, दिपेन बस्न्यातको छायाङ्कन, सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत छ । देउकी प्रथाको कथामा तयार भएको यो फिल्मको सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा २१औँ रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
-
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
-
रास्वपाका सांसद केपी खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि...
-
कसरी बाहिरिए समूहमा तेस्रो हुने चार टोली ?
-
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस
-
नेपालगन्जबाट खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण