चुडामणी शर्मा र लुम्बध्वज महत थुनामै बस्नुपर्ने
काठमाडौँ । सर्वोच्च अदालतले कर फछ्र्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मालाई थुनामुक्ता गर्न अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनीहरुले दायर गरेको रिट खारेज गरेको हो ।
महतले २०८१ साउन २१ गते सर्वोच्चमा बन्दीको रिट दायर गरेका थिए । उक्त रिटमा गत जेठ २१ गते नै सुनुवाइ सकिएर असार ५ गते निर्णय सुनाउने मिति तय भएको थियो । तर त्यसदिन निर्णय सुनाउने मिति असार २४ गतेका लागि सारिएको थियो ।
मंगलबार न्यायाधीशद्वयले महतको रिट खारेजको फैसला सुनाएका हुन् । यस्तै शर्माले २०८१ साउन २५ गते दायर गरेको बन्दीको रिट पनि सर्वोच्चले खारेज गरेको छ ।
थुनामै रहेका उमेश ढकालले दफा १३७ (६) बमोजिम सुविधा माग गर्दै निवेदन दिएका थिए । उक्त निवेदनमा भने न्यायाधीशद्वयले कानुनबमोजिम गर्न विपक्षीका नाममा आदेश गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण