शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार

बुधबार, २५ असार २०८२, १३ : ४०
बुधबार, २५ असार २०८२

सारांश

  • रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै प्रतिनिधिसभा बैठक बहिष्कार गरे।
  • सभामुखले सुरुमा रास्वपा सांसद सोविता गौतम र पछि राप्रपा सांसद अनिषा नेपालीलाई बोल्न दिए।
  • दुवै सांसदले छानबिन समिति गठन नभएको भन्दै बैठक बहिष्कार गर्ने जानकारी गराए।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् ।  

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद सोविता गौतमलाई बोल्न दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकाले यसअघि जस्तै आजको पनि बैठक पनि बहिस्कार गर्ने बताइन् ।

त्यसपछि राप्रपाकी सांसद अनिषा नेपालीलाई बोल्ने समय दिए । उनले पनि सँधैजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले आजको बैठक बहिस्कार गर्ने बताइन् । 

दुवै दलका सांसदहरूले सदनलाई जानकारी गराएपछि दुवै दलका सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप