आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा
सारांश
- आज विभिन्न संसदीय समितिहरूको बैठक बस्दैछ, जसमा विभिन्न विषयहरूमा छलफल हुनेछ।
- अर्थ समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधन र धितोपत्र बोर्डसँग छलफल गर्नेछ।
- उद्योग, वाणिज्य र श्रम समितिले आयोडिनयुक्त नुनको गुणस्तर र आपूर्तिको बारेमा छलफल गर्नेछ।
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकको पहिलो सत्रमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकसँग छलफल हुनेछ । दोस्रो सत्रमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसामयिक विषयमा छलफल हुनेछ ।
दिउँसो १ बजेका लागि बोलाइएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल हुनेछ ।
दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन व्यवसायी परिषद्सँग छलफल गर्ने कार्यसूची छ ।
सार्वजनिक लेखा समितिको बैठकमा २३औँ वार्षिक प्रतिवेदन उपर छलफल र पारित गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बाढीबाट भएको क्षति, उद्धार र पुनर्स्थापना सम्बन्धमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण