राम पौडेलका कथामाथि अन्तरक्रिया
सारांश
- वरिष्ठ साहित्यकार डा. राम पौडेलको कथाकृति 'स्वरगङ्गा र पुङ्केश्वरहरू' माथि काठमाडौँमा विमर्श भएको छ।
- समीक्षकहरूले कथामा सामाजिक विकृति, मनोवैज्ञानिक पाटो, र संस्मरणात्मक शैलीको चर्चा गरे।
- लेखक पौडेलले मौलिकता र रैथाने सिर्जनालाई जोड दिँदै कथाको धरातल निर्माण गरेको बताए।
काठमाडौँ । वरिष्ठ साहित्यकार डा. राम पौडेलको नवीन कथा कृति ‘स्वरगङ्गा र पुङ्केश्वरहरू’ माथि विमर्श भएको छ । ‘कलमका साथी’को आयोजनामा असार २७ गते काठमाडौँमा सो कृतिमाथि अन्तरक्रिया गरिएको हो ।
आयोजक संस्थाका सदस्यत्रय अनिता कोइराला, भारती न्यौपाने र शोभा शरभले सङ्ग्रहमा रहेका कथामाथि बहस गरेका थिए । पौडेलका कथाले सामाजिक जीवनको विकृतिलाई चिरफार गरेको दाबी कृतिको समीक्षा गर्दै अनिता कोइरालाले गरिन् । प्रकृति र प्रणयदेखि अध्यात्मसम्मको गम्भीर विषय कथामार्फत प्रकट भएको उनले बताइन् ।
समीक्षक भारती न्यौपानेले पौडेलका कथाहरू मनोवैज्ञानिक पृष्ठभूमिमा विकास भई चेतन प्रवाह शैलीमा विस्तार भएको टिप्पणी गरिन् । उनले प्रकृतिका पृष्ठधारमा विकसित सामाजिक यथार्थ नै पौडेलको कथा लेखनको प्रवृत्ति बन्न पुगेको औँल्याइन् ।
समीक्षक शोभा शरभले जीवनको वास्तविकता उजागर गर्न सक्षम पौडेलका कथाहरू संस्मराणात्मक शैलीको धरातलमा उभिएको विश्लेषण गरिन् । उनले शैलीगत जटिलताका कारण लेखकबाट पाठक टाढा भाग्ने तर्क राख्दै यस विषयमा सचेत हुन हरेक कथा सर्जकलाई सुझाव दिइन् ।
लेखक पौडेलले सहरको विकृतिबाट भागेर मौलिकता उजागर गर्न कथाका माध्यमबाट जरामा पुगी रैथाने सिर्जना र ज्ञानमा डुबुल्की मारी कथाको धरातल निर्माण गरेको खुलासा गरेका छन् । उनले विषय, विचार, शैली, शिल्प, भाषा र कथ्यमा नवीनता र मौलिकता खोज्ने क्रममा आफ्ना कथाहरू परम्पराभन्दा भिन्न बन्न पुगेको बताएका छन् । भावकीय अभिमत राख्ने क्रममा वरिष्ठ पत्रकार हरिविनोद अधिकारीले कथाको नवीन शिल्पलाई सौन्दर्यका रूपमा ग्रहण गर्नुपर्ने अभिमत राखेका छन् ।
प्रतिक्रियाकै क्रममा कथाकार डा.दीनबन्धु शर्माले शास्त्रीय शैलीको भाषिक विन्यास पौडेलको कथाशिल्पको सम्पत्ति बनेको ठहर गरेका छन् । जटिल भाषाशैलीगत प्रस्तुति नै पौडेलको कथाको मिठास बन्न पुगेको प्रतिक्रिया शालिग्राम शर्माले राखेका छन् ।
‘कलमका साथी’ले लेखकलाई नभई कृतिलाई चिन्ने अभिव्यक्ति दिँदै अध्यक्ष गीता रेग्मीले साहित्यमा वैचारिक विमर्श यस समूहको अभियान भएको धारणा राखेकी छिन् ।
सहजकर्ताको भूमिकामा देखिएका डा.हेम भण्डारीले कथाकार पौडेललाई पर्यावरणीय चेतनाका धरातलमा मानव जीवनको यथार्थ खोतली शैलीगत नवीनताका साथ हिँड्न सफल कथाकारका रूपमा चिनाएका छन् । पौडेलको यो प्रथम कथाकृति हो, जसमा १६ ओटाकथा सङ्गृहीत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
-
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
-
तिनाउ खोलाको बाढीमा फसेका युवकको सकुशल उद्धार
-
इरान र दक्षिण कोरिया नाटकीय ढंगमा समूह चरणबाटै बाहिरिए
-
४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण