आइएइएसँगको सहकार्यको स्वरूप ‘परिवर्तन’ हुने इरानको भनाइ
सारांश
- इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) सँगको सहकार्यलाई नयाँ रूप दिने बताएको छ।
- इजरायलसँगको युद्ध र आणविक केन्द्रमा भएको आक्रमणपछि इरान र आइएसीबीचको सम्बन्ध बिग्रिएको छ।
- आणविक स्थलको अनुगमन सुरक्षाका कारणले गर्दा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदद्वारा व्यवस्थित गरिनेछ।
तेहरान। इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) सँगको सहकार्यले ‘नयाँ रूप लिने’ शनिबार बताएको छ ।
आफ्नो आणविक कार्यक्रमसम्बन्धी चिन्तासमाधानका लागि कूटनीतिक समाधानको चाहना व्यक्त गर्दै इरानले उक्त धारणा सार्वजनिक गरेको हो ।
गत महिना इजरायलले इरानविरुद्ध हवाई आक्रमण गरेपछि दुई देशबिच १२ दिन युद्ध भएको थियो । इजरायली बमबारी अभियानले सैन्य र आणविक स्थलका साथै आवासीय क्षेत्रमा आक्रमण गरेपछि संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायसँग उसको पहिलेदेखि नै अस्थिर सम्बन्ध बिग्रिएको थियो ।
तेहरान र वासिङ्टनबीच आणविक वार्तालाई पुनर्जीवित गर्ने उद्देश्यले तय गरिएको बैठकको केही दिनअघि उक्त आक्रमण सुरु भएको थियो ।
इरानका विदेश मन्त्री अब्बास अराघचीले आइएइएसँग इरानको सहकार्य ‘नरोकिएको तर नयाँ रूप लिने’ बताएका छन् ।
इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नका लागि इजरायलले सुरु गरेको युद्धमा इरानले गत जुनमा आफ्नो आणविक केन्द्रहरूमा भएको आक्रमणका लागि आइएइएलाई जिम्मेवार ठहर्याएको छ । गत अप्रिल १२ देखि इरानसँग वार्तामा रहेको संयुक्त राज्य अमेरिकाले पनि गत जुन २२ मा फोर्डो, इस्फाहान र नातान्जस्थित इरानी आणविक केन्द्रलाई लक्षित गरी आक्रमण गरेको थियो ।
अराघचीले आणविक स्थलको अनुगमनका लागि गरिएको अनुरोधलाई सुरक्षा मुद्दाहरूलाई ध्यानमा राख्दै ‘हरेक घटनाका आधारमा पुनरावलोकन गरिने’ र इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्द्वारा व्यवस्थित गरिने बताए।
तेहरानले सहयोग रोकेपछि जुलाईको सुरुमा आइएइए निरीक्षकहरूको एक टोली इरानबाट भियनास्थित सङ्गठनको मुख्यालयतर्फ फर्किएको थियो ।
आर्थिक प्रतिबन्ध हटाउने बदलामा इरानको आणविक गतिविधिलाई नियमन गर्ने उद्देश्यले वार्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण