आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

स्कुटर मिनिट्रकको पछाडि ठोक्कियो, एकको मृत्यु

सोमबार, ३० असार २०८२, १३ : ४८
सोमबार, ३० असार २०८२

सारांश

  • तनहुँको अम्रेनीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन्।
  • डुम्रेबाट दमौलीतर्फ गइरहेको स्कुटर रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो।
  • घाइते दुवै जनालाई अस्पताल लगिएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ, भने अर्का घाइतेको पोखरामा उपचार भइरहेको छ।

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ अम्रेनीस्थित पृथ्वीराजमार्गमा सोमबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान करिब ११:५५ बजे डुम्रेबाट दमौलीतर्फ गइरहेको ग २२ प ३९८९ नम्बरको स्कुटर अगाडि सडकको बाँया पट्टी रोकी राखिएको बा १ क ८७१४ नम्बरको मिनिट्रकको पछाडि ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा व्यास नगरपालिका–१२ छिर्कन निवासी करिब २५ वर्षीय सागर न्यौपाने र करिब ६० वर्षीया कृष्णमाया पन्त घाइते भएका थिए। दुवै जनालाई तत्काल रत्नहरी अस्पतालमा उपचारका लागि पठाइएकोमा सागर न्यौपानेको उपचारको क्रममा दिउँसो १२:३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते कृष्णमाया पन्तलाई थप उपचारका लागि पोखराको गण्डकी अस्पतालमा रिफर गरिएको छ।

दुर्घटनामा संलग्न दुबै सवारी साधन जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा रहेको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी अशोक थापाले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप