घुस काण्डमा मुछिएका मन्त्री गुप्ताबारे मन्त्रिपरिषद्मा चर्चा नै भएन
काठमाडौँ । कर्मचारी थमौती र जिल्ला भूमि आयोगको अध्यक्ष नियुक्तिसँग जोडिएका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नै भएन । एक मन्त्रीका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकमा गुप्ताबारे कुनै छलफल र प्रसङ्ग नै नउठेको हो ।
‘मन्त्रिपरिषद् बैठक पनि छोटो समय बस्यो, केही निर्णयहरू भए अरू कुरा भएन’, ती मन्त्रीको भनाइ छ ।
अर्का एक मन्त्रीले पनि बैठकमा घुस काण्डबारे प्रधानमन्त्रीले कुनै कुरा नै नउठाएको जिकिर गरे । ‘अरुले यो विषय उठाउने कुरा भएन । प्रधानमन्त्री वा सम्बन्धित मन्त्रीले नै यो विषय उठाउनुपर्ने हो,’ उनले भने, ‘उहाँहरु नै यस विषयमा मौन बसेपछि केही छलफल भएन ।’
घुस काण्डमा मुछिएपछि मन्त्री गुप्ताले आजै राजीनामा दिने अपेक्षा गरिएको थियो । तर उनले राजीनामा पनि दिएका छैनन् ।
यसअघि मन्त्री गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान बालुवाटार बोलाएर छलफल गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण