अभिनेत्री एमा वाट्सनलाई ६ महिना ड्राइभिङ गर्न प्रतिबन्ध
सारांश
- ह्यारी पोटरकी अभिनेत्री एमा वाट्सनलाई छ महिनाका लागि बेलायतमा गाडी चलाउन प्रतिबन्ध लगाइएको छ।
- वाट्सनले गत वर्ष गति सीमा उल्लंघन गरेकी कारण अदालतले जरिवाना तिर्न आदेश दिएको छ।
- अदालतमा अनुपस्थित रहेकी वाट्सनको तर्फबाट कानूनी प्रतिनिधि उपस्थित थिए र उनले जरिवाना तिर्नेछन्।
लण्डन । ह्यारी पोटर चलचित्रमार्फत चर्चामा आएकी बेलायती अभिनेत्री एमा वाट्सनलाई छ महिनाका लागि गाडी कुदाउन प्रतिबन्ध लगाइएको छ।
वाट्सनले गत वर्ष जुलाई ३१ को साँझ अक्सफोर्ड क्षेत्रमा ३० माइल प्रतिघण्टाको सीमा तोकिएको क्षेत्रमा ३८ माइल प्रतिघण्टाको गतिमा गाडी चलाएकी थिइन्। यसअघि नै उनको लाइसेन्समा ९ पोइन्ट जम्मा भइसकेको अदालतमा सुनुवाइका क्रममा जानकारी दिइएको थियो।
३५ वर्षीया वाट्सनलाई बुधबार हाई विकोम्ब म्याजिस्ट्रेट अदालतले १ हजार ४४ पाउण्ड जरिवाना तिर्न आदेशसमेत दिएको छ। उनी अदालतमा उपस्थित नभए पनि उनका कानुनी प्रतिनिधि उपस्थित थिए ।
वाट्सन हाल अक्सफोर्ड विश्वविद्यालयमा क्रिएटिभ राइटिङ विषयमा मास्टर्स अध्ययन गरिरहेकी छन् । एमा वाट्सन सन् २००१ मा सार्वजनिक भएको ह्यारी पोटर चलचित्रबाट विश्व चर्चामा आएकी थिइन्।
उनले ह्यारी पोटर शृंखलाका ८ वटै फिल्ममा अभिनय गरेकी छन्। त्यसपछिका वर्षहरूमा उनले ब्युटी एन्ड द बिस्ट लगायत चलचित्रमा काम गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण