‘टुमरोल्यान्ड’ महोत्सव सुरु हुन दुई दिनअघि मुख्य स्टेजमा आगलागी
सारांश
- बेल्जियममा ‘टुमरोल्यान्ड’ सङ्गीत महोत्सवको मुख्य स्टेजमा आगलागी भएको छ।
- आगलागीबाट स्टेजमा क्षति पुगेको छ, तर मानवीय क्षति भने भएको छैन।
- आयोजकहरूले महोत्सव समयमै सुरु हुने दाबी गरेका छन् र क्याम्पसाइट खुल्नेछ।
काठमाडौँ । विश्वकै प्रतिष्ठित सङ्गीत महोत्सवमध्ये एक ‘टुमरोल्यान्ड’ महोत्सव सुरु हुन दुई दिन बाँकी रहँदा मुख्य स्टेजमा भीषण आगलागी भएको छ। आयोजकहरूले आगलागीका कारण मुख्य स्टेजमा ठुलो क्षति पुगेको जनाएका छन्।
बुधबार साँझ बेल्जियमको स्थानीय समयअनुसार ६ बजे तिर स्टेजमा आगो लागेको हो।
‘गम्भीर आगलागीका कारण हाम्रो मुख्य स्टेजमा ठुलो क्षति पुगेको छ,’ आयोजकहरूले विज्ञप्तिमार्फत जनाएका छन्। यद्यपि, घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।
नजिकै रहेको आवासीय क्षेत्र तथा जङ्गलमा आगो फैलिन नदिन सतर्कता अपनाइएको छ। आगलागीको जोखिमका कारण केही स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको बताइएको छ।
महोत्सव आयोजकहरूका अनुसार, क्याम्पसाइट भने बिहीबार तय समयअनुसार नै खोलिने छ। उनीहरूले आगलागीपछि उत्पन्न अवस्थालाई समाधान गर्न आवश्यक सबै विकल्पहरूको खोजी भइरहेको र महोत्सव निर्धारित मिति अनुसार शुक्रबारदेखि नै सुरु हुने दाबी गरेका छन्।
महोत्सव आगामी दुई हप्तासम्म चल्नेछ र करिब ४ लाख सङ्गीत प्रेमीहरूको सहभागिता रहने अनुमान गरिएको छ। महोत्सवको मुख्य स्टेज विगतका वर्षहरूमा आफ्ना भव्य र सिर्जनात्मक संरचनाका कारण अन्तर्राष्ट्रिय चर्चामा रहँदै आएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण