शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली अर्को विदेश भ्रमणको तयारीमा

शुक्रबार, ०२ साउन २०८२, १३ : १६
शुक्रबार, ०२ साउन २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमणको तयारीमा जुटेका छन्।
  • भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा भाग लिन उनी त्यहाँ जाने भएका हुन्।
  • प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी गरिरहेका छन्।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मध्य एसियाली देश तुर्कमेनिस्तानको भ्रमणमा जाने तयारी जुटेका छन् । उक्त देशको भ्रमणका जानका लागि आवश्यक तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

 अगस्त ५–८ मा भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन (एलएलडीसी थ्री) हुँदैछ । सोही कार्यक्रममा भाग लिन प्रधानमन्त्री अ‍ोली त्यहाँ जाने बताइएको छ ।

संयुक्त राष्ट्रसंघको विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री अ‍ोली असार २० गते स्पेनबाट फर्केका थिए । स्पेनबाट फर्केपछि साउनको दोस्रो वा तेस्रो साता भारत भ्रमणमा जाने तयारी चलिरहेको थियो । तर अचानक तुर्कमेनिस्तानको भ्रमणमा जाने सूचना बाहिर आएको छ । प्रधानमन्त्री अ‍ोली तुर्कमेनिस्तान उड्ने मिति भने टुङ्गो लाग्न बाँकी छ । 

अहिले प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय त्यसको तयारीमा लागेको छ । नेपालको लागि सो सम्मेलन निकै महत्त्वपूर्ण रहेकाले प्रधानमन्त्रीकै सहभागिता रहने गरी तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

एलएलडीसीमा नेपालसहित विश्वका ३२ वटा देश आबद्ध छन् । त्यसमध्ये सबभन्दा अफ्रिकाबाट १५ वटा देश छन् भने एसियाबाट १२ देश रहेका छन् ।

 एसियाली मुलुकमा नेपालसहित अफगानिस्तान, आर्मेनिया, अजरबैजान, भुटान, कजाखस्तान, किर्गिस्तान, लाओस, मंगोलिया, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप