यातना पाएको तस्बिर सार्वजनिक गर्दै एलिनाले भनिन्–अब चुप लाग्दिनँ
काठमाडौँ । गायिका एलिना चौहानले पूर्व पति विष्णु सापकोटाबाट भएको यातनाको तस्बिर सार्वजनिक गरेकी छन् ।
उनले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै यातनाको दिइएको तस्बिर सार्वजनिक गरेकी हुन् । उनले अब आफू चुप लागेर नबस्ने समेत बताइन् ।
यो केवल आफ्नो मात्रै न्यायको लडाइँ नभएको उल्लेख गर्दै हरेक नेपाली चेलीको आवाज भएको बताइन् ।
हामीबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो।
तर समाजकै दवाव, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले
त्यो सकिएको कुरा फेरि दोहोर्याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्यो।
म कानुनी प्रक्रियामा जान बाध्य भएँ।
म आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएँ।
मैले मेरो विगत खोल्नुपर्यो—त्यो विगत जुन आज मेरो जीवनसँग सम्बन्धित छैन।
त्यो सम्बन्धसँग मेरो कुनै दुश्मनी थिएन,
न कुनै बदला लिने सोच।
स्पष्ट भन्न चाहन्छु—
यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन।
यो लडाइँ हो—त्यस मानसिकतासँग,
जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ।
जसले पीडितलाई नै कठघरामा उभ्याउँछ।
जब मैले आफ्ना भोगाइहरू सुनाएँ,
म माथि फेरि प्रश्नहरू उठाइए—‘किन अहिले?’, ‘किन फेरि?’
तर मलाई थाहा छ—यो देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ।
यहाँ सत्य बोल्नेलाई नै अपराधी बनाइन्छ।
तर अब म चुप लाग्दिन।
अब यो केवल मेरो न्यायको लडाइँ होइन,
यो हरेक नेपाली चेलीको आवाज हो।
म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर
न्यायका लागि अगाडि बढ्नेछु।
किनकि म एक्लो भए पनि,
सत्य मेरो साथमा छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण