भिरबाट खसेर बेपत्ता लामा गम्भीर अवस्थामा फेला, अस्पताल लैजान समस्या
सारांश
- डोल्पामा भिरबाट लडेर बेपत्ता भएका ३६ वर्षीय ग्याल्जेन लामा गम्भीर घाइते अवस्थामा फेला परेका छन्।
- खुट्टा भाँचिएका लामाको उद्धारका लागि हेलिकप्टर आवश्यक छ, तर आर्थिक अभावका कारण समस्या भएको छ।
- परिवारले सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत वा नजिकको अस्पताल लैजान आग्रह गरेको छ।
डोल्पा । साउन २ गतेदेखि डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका वडा नम्बर १ स्थित भिरबाट खसेर बेपत्ता भएका ३६ वर्षीय ग्याल्जेन लामा गम्भीर अवस्थामा फेला परेका छन्। शनिबार उनी फेला परेका हुन् ।
उनको खुट्टा भाँचिएको छ। गम्भीर घाइते अवस्थामा फेला परेपछि अहिले उनलाई तत्काल उपचार आवश्यक रहेको उनको परिवारले जनाएको छ। तर दुर्गम भेग भएको र सडकको पहुँच नहुँदा उनको उद्धारका लागि समस्या भएको छ ।
ग्याल्जेनका भाइ नोर्बु लामाका अनुसार निजी हेलिकप्टरमार्फत उद्धार गर्न खोज्दा कम्तीमा १० लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ। ‘हामीसँग यति ठुलो रकम अहिले उपलब्ध छैन, यदि सेनाको हेलिकप्टरबाट सुर्खेत वा नजिकको अस्पतालसम्म ल्याउन सकियो भने उनको ज्यान बच्न सक्छ’ नोर्बुले भने।
उनको अवस्था गम्भीर भएका कारण तत्काल उद्धार गर्नुपर्ने आवश्यक छ। उनलाई स्थानीय स्वास्थ्य संस्थामा समेत उपचार गर्न लैजान नसकिएको नोर्बुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण