स्कटल्याण्डमा आयोजित ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल’ : क–कसले जिते अवार्ड (सूचीसहित)
काठमाडौँ । स्कटल्याण्डको राजधानी एडिन्बरामा पहिलो पटक आयोजित ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल–२०२५’ फिल्म ‘सुगुप’ र ‘गाउँ आएको बाटो’ उत्कृष्ट ठहरिएको छ ।
नेपाल स्कटल्याण्ड एसोसिएसनद्वारा पहिलो पटक आयोजित र शनिबार आयोजित फेस्टिभलमा फिल्मको विधा तर्फ यी दुवै फिल्म उत्कृष्ट ठहरिएका हुन् ।
फेस्टिभलमा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे, एडिन्बराका सांसद फेजल चौधरी लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । नेपाल स्कटल्याण्ड एसोसिएसनसँग फेष्टिभल आयोजनका लागि नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्रकर्मी महासङ्घ, प्रदेश नं.१ ले सहकार्य गरेको चलचित्रकर्मी महासङ्घका अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए ।
आयोजक मध्यको एक नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीका फेस्टिभलमा चलचित्र, लघु चलचित्र, डकुमेन्ट्री विभिन्न विधामा पुरस्कार बाँडिएको हो ।
फेस्टिभलको जुरिमा निर्देशक दीपेन्द्र लामा, निर्देशक संगीता श्रेष्ठ, क्यानडाबाट अभिनेता तथा खेलाडी राजकुमार राई, बलिउडका एक्जुकेटिभ प्रोड्युसर राजेन्द्र घिमिरे, निर्देशक प्रीतम गुरुङ, निर्माता ज्योतीराज राई र बेलायतका चर्चित चलचित्रकर्मी मनिष श्रेष्ठ , विनोद चिपालु , सनम कुमार बैराग , शशी थापा सुब्बा, सिर्जना सुब्बा, विश्व प्रसिद्ध म्याराथुन धाबक सन्तोष राई लगायत रहेका थिए ।
कार्यक्रममा करिब एक दर्जन व्यक्तित्व समेत सम्मानित भएका थिए । सम्मानित हुनेमा विश्व प्रसिद्ध म्यारथुन धावक सन्तोष राई, ताइकन्डो साफ च्याम्पियन तथा अभिनेता राज कुमार राई चलचित्रकर्मी मनिष श्रेष्ठ, विनोद चिपालु, कलाकार / निर्माता प्रेम लामा, ज्योति राज राई, पशुराम राई, बरिस्ठ सगीतकर्मी / निर्माता पोपिराज राई, समाजसेवी शेखर कडेल, पहिलो गुरुङ नायिका सरु गुरुङ राना मगर, गायिका विष्णु चोम्जोम, सिनेम्याटोग्राफर आशिष् श्रेष्ठ, निर्देशक प्रीतम गुरुङ लगायत रहेका छन् ।
फेस्टिभलमा क–कसले जिते अवार्ड
सर्ट फिल्मतर्फ
उत्कृष्ट सर्ट फिल्म : ‘खिल’ (निर्देशक विकास मगर)
उत्कृष्ट सर्ट फिल्म जुरी अवार्ड : ‘लैलासा पराहेके’ (निर्देशकः विनोद पुडासैनी)
डकुमेन्ट्री अवार्ड
उत्कृष्ट डकुमेन्ट्री : ‘एभरेष्ट मम’ (निर्देशकः संगीता श्रेष्ठ)
उत्कृष्ट डकुमेन्ट्री जुरी अवार्ड : ‘डिभाइन डिल्लेमा’ (निर्देशकः केपी पाठक)
आदिवासी–जनजाति फिल्म अवार्ड
उत्कृष्ट पटकथा : हेमन्त कृष्ण पाङधक (फिल्म–हाङनन्द)
उत्कृष्ट अभिनेता: पूर्ण लिम्बु (फिल्म–नाम्लो)
उत्कृष्ट अभिनेत्री: अशिष्मा नकर्मी (फिल्म– लाखे आजु)
उत्कृष्ट निर्देशक जुरी अवार्डः सागर केरुङ ( फिल्म– छे)
उत्कृष्ट निर्देशक: प्रितम गुरुङ (फिल्म– मुखिया)
उत्कृष्ट फिल्म: सुगुप, निर्देशक (लोकेन सबा लिम्बु)
विशेष उल्लेख अवार्ड: नाचोङ (निर्माता– ज्योति राज राई)
मूलधारको फिल्म (आदिवासी विषयवस्तु)
उत्कृष्ट पटकथा: महेश राई (फिल्म– गाउँ आएको बाटो)
उत्कृष्ट चरित्र अभिनेत्री: सिर्जना सुब्बा (फिल्म– अञ्जिला)
उत्कृष्ट चरित्र अभिनेता: माओत्से गुरुङ (फिल्म– अञ्जिला)
उत्कृष्ट नव अभिनेता: रितेश चाम्स (फिल्म– गुर्खा वारियर)
उत्कृष्ट नव अभिनेत्री: सृजना निङलेखु (फिल्म– कार्साङ)
उत्कृष्ट अभिनेता:दयाहाङ राई (फिल्म– गाउँ आएको बाटो)
उत्कृष्ट अभिनेत्री: मिरुना मगर (फिल्म– घर ज्वाई)
उत्कृष्ट निर्देशक: मिलन चाम्स (फिल्म– अञ्जिला)
उत्कृष्ट फिल्म: गाउँ आएको बाटो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण