पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
सोमबार, ०५ साउन २०८२, १६ : ३४
सारांश
- इटहरी उपमहानगरपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ।
- मृत्यु हुनेमा ११ वर्षीय क्रिश्वास लिम्बु र ८ वर्षीय दिप्सन चौधरी रहेका छन्।
- उनीहरूलाई अस्पताल लगिएको थियो, तर उपचारको क्रममा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ।
सुनसरी । इटहरी उपमहानगरपालिका– २ स्थित ट्याङ्ग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ । मृत्यु हुनेहरूमा संखुवासभाको चैनपुर नगरपालिका–१ घर भई इटहरीमा बस्दै आएका ११ वर्षीय क्रिश्वास लिम्बु र इटहरी–३ का ८ वर्षीय दिप्सन चौधरी रहेका छन् ।
उनीहरू आइतबार गते दिउँसो खोलामा पौडी खेल्न गएका थिए । खोलामा डुबेको अवस्थामा उनीहरूको उद्धार गरी उपचारका लागि तत्काल अस्पताल पुर्याइएको थियो। क्रिश्वास लिम्बुलाई विराटनगरस्थित विराट मेडिकल कलेज र दिप्सन चौधरीलाई नोबेल अस्पताल लगिएको थियो।
तर, उपचारकै क्रममा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ। यस घटनाबारे इलाका प्रहरी कार्यालय इटहरीले थप अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण