कांग्रेस नेताहरूमाथि भएको कारबाही फुकुवा गर्न माग
पोखरा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेताहरूमाथि गरेको कारबाहीप्रति कास्कीबाट सांगठानिक विरोध सुरु भएको छ । कारबाहीको निर्णय तत्कालै खारेज गर्न कांग्रेस कास्की निर्वाचन क्षेत्र नम्बर १ (ख) प्रदेश सभा कार्यसमितिले माग गरेको हो ।
समितिको बैठकले उक्त कारबाहीलाई ‘पूर्वाग्रही, प्रतिशोधपूर्ण र गुटबन्दीबाट प्रभावित’ भएको भन्दै तत्काल खारेजीको माग गर्ने औपचारिक निर्णय गरिएको समितिका सभापति कृष्ण कोइरालाले जानकारी दिए ।
खासगरी कास्कीका पूर्व सभापति कृष्ण केसी, पूर्व मन्त्री कुमार खड्का र क्षेत्रीय समितिकी सहसचिव भावना श्रेष्ठमाथि भएको कारबाहीका विरुद्ध समितिले निर्णय गरेको हो ।
’यो कारबाहीले पार्टीभित्र गुट र अवसरवादी प्रवृत्तिलाई मौन स्वीकार गरेको झल्काउँछ । पार्टीको निर्णय लोकतान्त्रिक प्रक्रिया र निष्पक्ष छानबिनको आधारमा हुनुपर्नेमा व्यक्ति विशेषको आन्तरिक स्वार्थ र सत्ता लोभले प्रेरित भई कारबाही गरिएकोमा हाम्रो गम्भीर आपत्ति छ,झ निर्णयमा उल्लेख छ । एकपक्षीय निर्णयले पार्टीको आन्तरिक एकतामा चोट पुर्याएको र समग्र कांग्रेसलाई कमजोर बनाउने भन्दै चिन्ता व्यक्त गरिएको छ ।
’केसी लगायतका नेतामाथि गरिएको अन्यायपूर्ण र पूर्वाग्रही कारबाही तत्काल फिर्ता गरियोस्,झ निर्णयमा अघि भनिएको छ, ’पार्टीभित्र निष्पक्ष छानबिन र आन्तरिक लोकतन्त्र सुनिश्चित गरियोस् । यो कारबाहीले पूर्वाग्रह, अन्यायपूर्ण र सङ्गठनात्मक एकतामाथि प्रहार गरेकाले यसलाई खारेज गरियोस् ।झ
पत्रको बोधार्थ पार्टी केन्द्रीय कार्यसमिति, गण्डकी प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति र जिल्ला अनुशासन समितिलाई समेत दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण