मुलुकी अपराध संहिताको दफा २९५ लाई बदर गर्न मागसहित सर्वोच्चमा रिट निवेदन
सारांश
- सर्वोच्च अदालतमा मुलुकी अपराध संहिता २०७४ को दफा २९५ बदर गर्न रिट दायर गरिएको छ।
- अधिवक्ता अभियराज जोशीसहित ६ जनाले संयुक्त रिट निवेदन दिएका हुन्।
- रिट निवेदनमा गोपनीयताको हक र प्रेस स्वतन्त्रता हनन् भएको जिकिर गरिएको छ।
काठमाडौँ । मुलुकी अपराध संहिता, २०७४ को दफा २९५ लाई बदर गर्न मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । संविधानको धारा १३३ (१) र (२) तथा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ३२ अनुसार मुलुकी संहिताको उक्त धारा बदर गर्न हुनुपर्ने जिकिर रिट निवेदनमा गरिएको छ ।
अधिवक्ता अभियराज जोशी र अन्य पाँच जनाले संयुक्त रुपमा रिट निवेदन दर्ता गराएका हुन् । रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, संघीय संसद् सचिवालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाइएको छ ।
मुलुकी अपराध संहिताको दफा २९५ ले अन्तर्राष्ट्रिय अभ्यासमा निहित ‘रिजनेवल एक्सपेक्टेक्सन अफ प्राइभेसी’को अवधारणा, विचार र अभिव्यक्तिको स्वतन्त्रता, नागरिकको सूचनाको हक र प्रेसको स्वनियमनको मान्यतालाई उपेक्षा गरेको रिट निवेदकहरूको दाबी छ ।
मुलुकी अपराध संहिताको दफा २९५मा अनुमतिविना कुनै व्यक्तिको तस्बिर खिच्न वा तस्बिरको स्वरूप बिगार्न नहुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक आयले कर्मचारीसमेत पाल्न नसक्ने अवस्थामा सुदूरपश्चिम प्रदेश
-
सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत
-
इराक र इरानका विदेशमन्त्रीबिच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल
-
सर्वोत्कृष्ट उद्यमी पुरस्कृत
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
तनहुँ प्रवेश गर्ने भारतीय सवारीलाई प्रहरीको सचेतना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण