बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

हिन्दु महिला सजिने चुरापोतेमा मुस्लिम हातको सीप (फोटो फिचर)

मङ्गलबार, ०६ साउन २०८२, १६ : ४७
मङ्गलबार, ०६ साउन २०८२

काठमाडौं । साउन महिना लागेसँगै महिलाहरु हरियो चुरापोते र मेहेन्दीमा सजिन थालेका छन् । यसँगै बजारमा अहिले चुरापोते र मेहेन्दीको व्यापार बढेको छ । 

चुरापोतेका लागि प्रख्यात ठाउँ हो, काठमाडौंको इन्द्रचोक । साउनमा यो बजार झन् रंगीन देखिन्छ । मानिसहरु रंगीबिरंगी पोते उन्न व्यस्त देखिन्छन् । चाखलाग्दो कुरा त के छ भने हिन्दु महिलाहरुको गला र हातमा सजिने चुरापोते बनाउन तल्लीन छन् मुस्लिम हात ।

इन्द्रचोकमा सजीव उद्दिनको पसल साना–साना रंगीन सिसाका दानाले भरिएको छ । पोते, चुरा, हरियो–रातो रंग र त्यो रंगभित्र मिसिएको सीप, अनुभव र धर्मको सहअस्तित्व । 

‘हाम्रो बाजेको पसल हो यो । बाजेले ६०–७० वर्षसम्म यही काम गर्नुभयो । उहाँबाट नै मैले सिकेको,’ उनी भन्छन् ।

सजीवका अनुसार पोते बनाउने यो सीप सिक्न उनलाई एक वर्ष लाग्यो । झण्डै एक दशकदेखि उनी यही काममा छन् । काठमाडौंको स्वयम्भूमा पुरानो घर भएका उनी अहिले वनस्थलीमा बसोबास गर्छन् । यसअघि उनले कतारमा ६ वर्ष काम गरेका थिए । फर्किएपछि फेरि पुरानै काम सम्हाले । 

पोते बनाउने काम सजिलो छैन । कुनै पाँचै मिनेटमा सकिन्छ भने कुनै दुई–तीन घण्टा पनि लाग्छ । पोतेका फरक-फरक रङ्गको माग हुन्छ । 

‘अहिले रातो, हरियो र पहेंलो सबैभन्दा बढी मागमा छन्,’ उनले भने ।

साउनमा महिलाहरू प्राय: समूहमा आउँछन् । कतिपय पोते आफ्नै लागि किन्छन् त कतिपय अरूलाई उपहार दिने उद्देश्यले किन्छन् । सजीवका अनुसार पोतेको मूल्य १५ खि ६०० रुपैयाँसम्म छ । सस्तो पोते खासगरी मन्दिरमा चढाउन प्रयोग गरिन्छ ।
सोमबारभन्दा अरु दिन बढी व्यापार हुने उनले सुनाए ।

साउन महिनाभरि अरु महिनाभन्दा बिक्री दोब्बर हुने उनले बताए । पार्किङले भने धेरैलाई असहज भएको छ ।

तस्वीर : ममुन के.सी./नेपाल फोटो लाइब्रेरी

Indra Chowk Chura Pote (1)Indra Chowk Chura Pote (2)Indra Chowk Chura Pote (3)Indra Chowk Chura Pote (4)Indra Chowk Chura Pote (5)Indra Chowk Chura Pote (6)Indra Chowk Chura Pote (7)Indra Chowk Chura Pote (8)Indra Chowk Chura Pote (9)Indra Chowk Chura Pote (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप