बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

ट्रम्पलाई मार्न क्राउडफन्डिङबाट पैसा उठाइरहेछन् इरानी धर्मगुरुहरू

बुधबार, ०७ साउन २०८२, १२ : ५६
बुधबार, ०७ साउन २०८२

सारांश

  • इरानी धर्मगुरुहरूको आदेशमा ट्रम्पको हत्याका लागि क्राउडफन्डिङमार्फत रकम जम्मा गर्ने योजना बनेको छ।
  • अहिलेसम्म ४ करोड डलर जम्मा भइसकेको छ, र अजरबैजानका एक धर्मगुरुले ट्रम्पको हत्याका लागि इनाम घोषणा गरेका छन्।
  • अमेरिकी गुप्तचर रिपोर्टका अनुसार, ट्रम्पको सुरक्षाका लागि विशेष सतर्कता अपनाइएको छ।

तेहरान । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प खतरामा छन् । इरानी धर्मगुरुहरूको आदेशमा ट्रम्पलाई मार्न क्राउड फन्डिङ मार्फत ठुलो रकम जम्मा गर्ने योजना छ । अहिलेसम्म ४ करोड डलर जम्मा भइसकेको बताइएको छ । 

यति मात्र होइन। इरानको छिमेकी देश अजरबैजानका एक धर्मगुरुले ट्रम्पको हत्याको लागि इनाम पनि घोषणा गरेका छन् । डोनाल्ड ट्रम्पले इरान र इजरायलबिचको युद्ध रोक्ने दाबी गरिरहेका छन् । तर इरानका धेरैजसो मानिसहरूले उनलाई नै यो युद्धको लागि जिम्मेवार ठान्छन् । यही कारणले गर्दा इरानी धर्मगुरुहरूको आदेशमा अमेरिकी राष्ट्रपतिको हत्याको लागि रकम सङ्कलन भइरहेको छ । 

गुप्तचर रिपोर्टका अनुसार यसमा अहिलेसम्म ४० मिलियन डलर सङ्कलन भएको छ । ब्लड कोभेनन्ट नाम गरेको समूहले कयौं इरानी धर्मगुरुहरूले राष्ट्रपति ट्रम्पको लागि जारी गरेको फतवापछि हत्या अभियानको लागि रकम सङ्कलन गर्न थालिएको बताइएको छ । यो समूहलाई इरानी राज्यद्वारा नियुक्त एक दर्जनभन्दा बढी धर्मगुरुहरूको समर्थन रहेको पनि खबर आएको छ । गुप्तचर प्रतिवेदनमा यो पैसा कोसँग छ र यो काम गर्ने जिम्मेवारी कुनै आतंकवादी सङ्गठन वा समूहलाई दिइएको छ कि छैन भनेर उल्लेख गरिएको छैन । 

गुप्तचर प्रतिवेदनमा पश्चिम अजरबैजान प्रान्तमा राज्यद्वारा नियुक्त एक धर्मगुरुको पनि उल्लेख छ । यी धर्मगुरुलाई ट्रम्पको हत्या गर्न १०० अर्ब तोमन स्थानीय मुद्राको इनाम दिइएको बताइएको छ । १०० अर्ब तोमन भनेको करिब १५ लाख डलर हो ।

यी सबै प्रतिवेदनहरू अमेरिकी गुप्तचर एजेन्सीहरूसँग कुनै न कुनै रूपमा उपलब्ध भएको र यसैले गर्दा अमेरिकी राष्ट्रपतिको सुरक्षा अरू कडा गरिएको बताइएको छ । विशेष गरी अमेरिकी राष्ट्रपतिले आफ्नो विदेश भ्रमणको क्रममा बस्ने ठाउँहरूमा वा अमेरिकामा रात बिताउने ठाउँहरूमा विशेष सतर्कता अपनाइँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप