‘सतीदेवी’ अमेरिकामा विशेष प्रदर्शन हुने
सारांश
- लक्ष्मण सुवेदी निर्देशित फिल्म 'सतीदेवी' अमेरिकामा प्रदर्शन हुने भएको छ।
- फिल्मले गत वर्ष 'राष्ट्रिय चलचित्र पुरस्कार २०८०' मा दुई लाख रुपैयाँ पुरस्कार जितेको थियो।
- यो फिल्ममा मलिका महत, सन्दीपबाबु लोहनी लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । लक्ष्मण सुवेदी निर्देशित फिल्म हो ‘सतीदेवी’ । समाजमा छोरीको महत्वको सन्देश दिने फिल्म अमेरिकामा विशेष प्रदर्शन हुने भएको छ । फिल्म आगामी अगस्ट १७ तारिकमा अमेरिकाको भर्जिनीयास्थित फेयरफ्याक्समा प्रदर्शन हुने निर्देशक सुवेदीले जानकारी दिए ।
नेपालमा यो फिल्म गत वर्षको भदौमा प्रदर्शनमा आएको थियो । फिल्ममा मलिका महत, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् । फिल्मको लेखन, गीत, निर्माण समेत निर्देशक सुवेदीकै हो ।
फिल्मले ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष फिल्म घोषित दुई लाख रुपैयाँ पुरस्कार पनि जितेको थियो । फिल्मले गतवर्ष नै चितवनको सौराहामा सम्पन्न ‘दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’मा नगद ५० हजार सहित सर्वोत्कृष्ट फिल्मको अवार्ड जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण