सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
परम्परा

एक महिने गुँला पर्व आजदेखि सुरु, तस्बिरहरू

शुक्रबार, ०९ साउन २०८२, ०७ : ०८
शुक्रबार, ०९ साउन २०८२

सारांश

  • गुँलापर्व आजदेखि सुरु भएको छ, जुन नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाइन्छ।
  • यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीहरूले मनाउने भए पनि पछिल्लो समय हिन्दू धर्मावलम्बी नेवार समुदायले पनि मनाउन थालेका छन्।
  • पर्वमा न्याकुँ बाजा, धाः बाजा, बाँसुरी, धिमे, भुस्यालगायतका बाजा बजाएर विभिन्न मठमन्दिर, बौद्ध विहार र चैत्यको परिक्रमा गरिन्छ।

काठमाडौँ । एक महिनासम्म मनाइने ‘गुँलापर्व’ आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ ।

Gunla parba (2)

नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो । यस अर्थमा नेपाल संवत्को नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको छ । उनका अनुसार बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्ला वर्षमा यो पर्व मनाउन थालेका छन् ।

Gunla parba (3)

दुईदेखि तीन सय धर्मावलम्बीको सहभागितामा गुँला बाजाले प्रत्येक बिहान नगरका विभिन्न मठमन्दिर, बौद्ध विहार र चैत्य परिक्रमा गरेर विशेष पूजाआजाका साथ पर्व मनाइने गरिन्छ । एक महिनाको अवधिमा नागपञ्चमीका दिन चाँगुनारायण मन्दिरमा, गाईजात्राका दिन भक्तपुर सहरको विभिन्न मठमन्दिर, देवालय र विहारको परिक्रमा गर्ने प्रचलन छ ।

Gunla parba (4)

यस पर्वमा स्वयम्भू, महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बही, बौद्ध, पाटनको पुल्चोकका साथै उपत्यकाका विभिन्न चैत्यस्थलको परिक्रमा गरिन्छ । राँगा, भेडाको सिङबाट बनाइएका ‘न्याकुँ’ बाजा, दाफा, धाः, बाँसुरी, धिमे, भुस्यालगायत बाजा बजाएर परिक्रमा गर्ने प्रचलन रहेको शाक्यले बताए । उनका अनुसार गुँला पर्वका अवसरमा विशेषगरी नौ बाजा बजाउने प्रचलन छ । 

Gunla parba (5)

गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा बजाउनु हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । पछिल्लो समय बौद्ध धर्मावलम्बीसहित अन्य समुदायले पनि धाः बाजा, बाँसुरी, धिमे, भुस्या बजाएर चैत्य तथा स्थानीय इष्टदेवता, गणेश, भीमसेन, भैरव र अष्टमाट्रिकालगायत देवीदेवताको परिक्रमामा सहभागी हुने गरेका छन् ।

Gunla parba (6)Gunla parba (7)Gunla parba (8)Gunla parba (9)Gunla parba (10)Gunla parba (11)Gunla parba (12)Gunla parba (13)Gunla parba (14)Gunla parba (15)Gunla parba (16)Gunla parba (17)Gunla parba (18)Gunla parba (19)Gunla parba (20)Gunla parba (21)Gunla parba (22)Gunla parba (23)Gunla parba (24)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप