सुर्खेतमा करेन्ट लागेर दम्पतीको मृत्यु
शुक्रबार, ०९ साउन २०८२, १६ : १७
सारांश
- सुर्खेतको वीरेन्द्रनगरमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ।
- घाँस काट्ने क्रममा करेन्ट लाग्दा ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धन कुमारी उपाध्यायको मृत्यु भएको हो।
- उपचारका क्रममा अस्पतालले दम्पतीलाई मृत घोषणा गरेको थियो।
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रबार बिहान आफ्नै घरमा घाँस काट्ने क्रममा करेन्ट लाग्दा वीरेन्द्रनगर नगरपालिका-१२ नेवारेका ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धन कुमारी उपाध्यायको मृत्यु भएको हो ।
प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार आचार्य दम्पतीले बिहान १०:४५ बजेको समयमा विद्युतीय मेसिन प्रयोग गरी घाँस काटिरहेका थिए ।
सोही क्रममा मेसिनको तारबाट करेन्ट प्रवाह हुँदा दुवै जना गम्भीर घाइते भएका थिए । घाइते दम्पतीलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल कालागाउँ लगिएको थियो ।
तर, उपचारकै क्रममा बिहान ११:१५ बजे अस्पतालले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण