‘कमेडी दरबार’ टिमले चलचित्र ‘क का कि की’ निर्माण गर्ने
काठमाडौँ । चर्चित टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ टिमले अब चलचित्र निर्माण गर्ने भएको छ । निर्माण टिमले सोमबार ‘क का कि की’को थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माण घोषणा गरेको हो ।
सार्वजनिक पोस्टरमा चर्चित कलाकारहरू गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठी रहनेछ । यता, कमेडी दरबार टिमबाट टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारी लगायतको पनि विशेष भूमिका रहनेछ ।
चलचित्रको निर्देशन विक्की अग्रवाल र श्रद्दा प्रसाईंले संयुक्त रूपमा गर्नेछन् । माया इन्टरटेनमेन्ट स्टुडियोको ब्यानरमा निर्माता श्रद्दा प्रसाई र सुमित्रा थापाको प्रस्तुतिमा तयार हुन लागेको यस फिल्मको पटकथा विक्की अग्रवालले लेखेका हुन् भने कथामा विक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीको रहेको छ ।
सिनेमाको वितरण श्री वेंकेटेशले, अन्तर्राष्ट्रिय वितरण सेवन सिज इन्टरनेशनलले र डिजिटल अधिकार ओएसआर डिजिटलले लिने भएका छन् । फिल्मको छायाङ्कन आगामी दसैँको टिकाको भोलीपल्टबाट प्रारम्भ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई आकर्षक पेसा बनाएर युवाहरूको विदेश पलायन रोक्न सकिन्छ : राष्ट्रपति
-
‘साथीलाई मारेँ’ भन्दै प्र्याङ्क भिडियो बनाउने युवती पक्राउ
-
कम्युनिस्ट एकताको प्रयासबारे गोकुलको टिप्पणी, ‘असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार’
-
प्रचण्डको पार्टीमा जान खोज्नु निराशा र पलायन मात्रै हो : प्रकाण्ड
-
पद्मश्री पुरस्कारको दौडमा कुन-कुन पुस्तक परे ?
-
२५ घटकसँग एकतापछि नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण