दाउरा सङ्कलन गर्ने क्रममा भेरीको बाढीमा फसेका ४ जनाको सकुशल उद्धार
मङ्गलबार, १३ साउन २०८२, १० : ४७
सारांश
- लगातारको वर्षापछि भेरी नदीमा दाउरा टिप्न गएका ४ जना फसेका थिए।
- नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरूको उद्धार गरेको हो।
- जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
डोल्पा । लगातारको वर्षासँगै भेरी नदीकाे बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा नदीमा फसेका ४ जनाको उद्धार गरिएको छ ।
डोल्पा सदरमुकाम दुनैको नजिकै लामालोटेमा फसेका ४ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त पहलमा उद्धार गरिएको हो ।
जल तथा मौसम विज्ञान विभागले ठुली भेरीको त्रिपुराकोट जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको जनाउँदै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण