मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

करेन्ट लागेर एक जनाको मृत्यु

मङ्गलबार, १३ साउन २०८२, २० : ४५
मङ्गलबार, १३ साउन २०८२

चितवन । चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार भरतपुर महानगरपालिका– १८ गुन्जनगरका शेरबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको हो । 

स्थानीय जुना नेपालीको खेतमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा सोही ठाउँका ५० वर्षीय थापा करेन्ट लागेर घाइते भएका थिए । 

उनलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप