रसुवामा बाढी अपडेट : ५ टहरा र रसुवागढी हाइड्रोको दुई वटा पिकअप बगायो
सारांश
- असार २४ को बाढीले क्षति पुर्याएको रसुवामा फेरि बाढी आएको छ।
- गोसाइँकुण्ड गाउँपालिका-५ मा ५ वटा टहरा र रसुवागढी भन्सार यार्डको धर्ककाँटा बाढीले बगायो।
- भोटेकोशीले तातोपानी डाँडामा कटान गर्दा पासाङ ल्हामु सडक पूर्ण रूपमा अवरुद्ध भयो, हाइड्रोपावरका दुई पिकअप पनि बगायो।
काठमाडौँ । असार २४ को बाढीले तहसनहस पारेको रसुवामा पुनः बाढी आएको छ । चीनतर्फबाट बग्ने ल्हेन्दे र केरुङ खोलामा आएको बाढीका कारण गोसाइँकुण्ड गाउँपालिका–५ स्थित ५ वटा टहरा बाढीले बगाएको छ । रसुवागढी भन्सार यार्डको धर्ककाँटा पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।
ल्हेन्दे र केरुङ मिसिएपछिको भोटेकोशीले गोसाइँकुण्ड गाउँपालिका स्थित तातोपानी डाँडामा कटान गर्दा पासाङ ल्हामु सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
रसुवागढी हाइड्रोपावरको आवासीय क्याम्पमा असार २४ को बाढीले पुरेको दुई वटा पिकअप बुधवार बिहान आएको बाढीले बगाएको छ । बा.१२ च ४ नम्बरको फोर्स रेन्जर र बा.१० च ९३४० नम्बरको फोर्स रेन्जर पिकअप बगाएको हो । हाइड्रोपावरमा जाने फलामे पुल पनि बाढीले बगाएको छ ।
गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित पासाङ ल्हामु सडक खण्डको १५ मिटर बाटो नदीले कटान गरेर मोटरसाईकल मात्र जाने अवस्थामा छ । सो ठाउँमा सडकमा एउटा बिजुलीको पोल ढलेको रसुवा प्रहरीले जनाएको छ । फेन्लुङमा ५ मिटर सड्क खोलाले कटान गरेको र सो ठाउँमा साना गाडीमात्र पास हुने अवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा
-
सर्वकालिक महान् चलचित्र ‘दो बिघा जमिन’
-
अखिल (क्रान्तिकारी) को तेस्रो केन्द्रीय समितिको बैठक सुरु
-
बाजुरा र हुम्लाको सीमा विवाद : सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो
-
अब हाम्रो भेट विश्वकपपछि मात्र हुनेछ प्रिया !
-
च्याटजिपिटी संवादका कारण गयो युवतीकाे ज्यान, एआई विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण