आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

दुर्घटनाग्रस्त भयो अमेरिकी नौसेनाको एफ–३५ लडाकु विमान

बिहीबार, १५ साउन २०८२, ११ : ४९
बिहीबार, १५ साउन २०८२

वासिङ्टन डिसी । अमेरिकी नौसेनाको एफ–३५ लडाकु विमान क्यालिफोर्नियाको नेभल एयर स्टेसन लेमूर नजिकै दुर्घटनाग्रस्त भएको छ । नौसेनाको विज्ञप्ति अनुसार, पाइलटले समयमै आफ्नो ज्यान बचाए । उनी हाल सुरक्षित र खतराबाट बाहिर छन् । दुघर्टना स्थानीय समयअनुसार साँझ ६ः३० तिर भएको थियो ।

 यो विमान स्ट्राइक फाइटर स्क्वाड्रन भीएफ–१२५ ‘रफ रेडर्स’सँग जोडिएको थियो । यस युनिटको विमान प्रायः पाइलट र एयरक्रूलाई तालिम दिन प्रयोग गरिन्छ । दुर्घटना पछि अमेरिकी नौसेना सतर्क रहेको छ । हाल, दुर्घटनाको कारणहरूबारे अनुसन्धान भइरहेको छ । 

दुर्घटनाग्रस्त भएको लडाकु विमानको मूल्य लगभग १० करोड डलर थियो । यो अमेरिकी नौसेनाका लागि डिजाइन गरिएको विशेष संस्करण हो जुन एयरक्राफ्ट क्यारियरबाट उडाउन सकिन्छ । यो विमान लकहिड मार्टिन कम्पनीले बनाएको हो । दुघर्टनाको समयमा विमान कुनै मिसनमा थिएन । प्रशिक्षण उद्देश्यका लागि उडान गरिरहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप