बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मकवानपुरमा श्रीमान‍्द्वारा श्रीमतीको हत्या

शनिबार, १७ साउन २०८२, १४ : ५४
शनिबार, १७ साउन २०८२

सारांश

  • मकवानपुरगढी गाउँपालिकामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।
  • ४५ वर्षीय मानबहादुर शिवभक्तीले ४० वर्षीया श्रीमती दुर्गा लक्ष्मीको घाटी थिचेर हत्या गरे।
  • श्रीमती प्यारालाइसिसको बिरामी थिइन् र श्रीमानले मानसिक तनावका कारण हत्या गरेको स्वीकार गरे।

हेटौँडा ।  मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ बुङदोलमा एक व्यक्तिले  श्रीमतीको हत्या गरेका छन् ।

 जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान करिब ६ बजे ४५ वर्षीय मानबहादुर शिवभक्तीले ४० वर्षीया श्रीमती दुर्गा लक्ष्मी शिवभक्तीको घाटी थिचेर हत्या गरेका हुन् ।

घटनापछि उनी बिहान ८:३० बजे प्रहरीमा उपस्थित भई आफूले श्रीमतीको हत्या गरेको बताएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार मृतक दुर्गा लक्ष्मी प्यारालाइसिसको बिरामी भएको र हिँडडुल गर्न नसक्ने अवस्थामा थिइन् । प्रहरीको सोधपुछका क्रममा मानबहादुरले मानसिक तनावका कारण श्रीमतीलाई मारेको बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप