शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बोलबम हिँडेकी महिलाको सुन्दरीजलमा चिप्लिएर मृत्यु

सोमबार, १९ साउन २०८२, १४ : ४५
सोमबार, १९ साउन २०८२

सारांश

  • सुन्दरीजलमा चिप्लिएर लड्दा एक महिलाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा चितवन घर भएर कपन बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामी रहेकी छिन् ।
  • उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।

काठमाडौँ । बोलबम हिँडेकी एक जना महिलाको सुन्दरीजलमा चिप्लिएर लड्दा मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन घर भएर कपन बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामी छिन् । 

आइतबार राति लडेपछि उनलाई उद्धार गरेर जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दले जानकारी दिए । 

राति १ बजेर ३५ मिनेटमा उनी आफ्ना साथीहरूसँग गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीमाई मन्दिरमा बोलबम गएकी थिइन् । सो क्रममा उनी चिप्लिएर खोलामा डुबेकी थिइन् । उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । 

उनीसँगै लडेकी अर्की एक जना महिलाको उपचार हुँदैछ । 

खोलामा डुबेको अवस्थामा सेनाको सुन्दरीजल विपद् व्यवस्थापन टिम र प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको टोलीले उद्धार गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप