आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बाढीले पुल भासिँदा आवतजावत ठप्प

सोमबार, १९ साउन २०८२, २१ : २०
सोमबार, १९ साउन २०८२

सारांश

  • मिर्चैया नगरपालिकाको पुल बाढीले भत्किएपछि आवतजावत बन्द भएको छ।
  • मैनवती खोलामा अनियन्त्रित बालुवा र माटो उत्खननले गर्दा पुल कमजोर भएको स्थानीयको भनाइ छ।
  • स्थानीयको विरोधका बाबजुद सम्बन्धित निकायले बेवास्ता गर्दा पुल भत्किएको हो।

सिरहा  ।  यहाँको मिर्चैया नगरपालिका–२ मल्हनियाँ पिराडी र वडा नं १२ को सिक्रौन गाउँ जोड्ने मैनावती खोलाको पुल आज बाढीले भासिएपछि आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सो पुल भासिएसँगै सिक्रौन, निर्दना, भेडियालगायत गाउँबाट मिर्चैया आउजाउ गर्न समस्या परेको छ । स्थानीय बासिन्दाका अनुसार मैनवती खोलाबाट अनियन्त्रित रुपमा बालुवा र माटो उत्खनन गर्दा पुलको संरचना कमजोर भएको थियो । 

वडा नं १२ का वडाध्यक्ष मनेलाल यादवले भने, ‘स्थानीयले पटकपटक विरोध गर्दा पनि सम्बन्धित निकायले बेवास्ता गरे । खोलाबाट जथाभावी बालुवा र माटो निकाल्दा आज यो अवस्था आयो ।’

करिब १५ वर्षअघि गरिबी निवारण कार्यक्रमअन्तर्गत निर्माण गरिएको सो पुल आसपासबाट खोला सफाइका नाममा जेसिबी प्रयोग गरी माटो उत्खनन गर्दा पुल जोखिममा परेको थियो । स्थानीयले यसबारेमा गुनासो गर्दै आएका थिए, तर नगरपालिकाले चासो नदिएको उनीहरूको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप