आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

एमाले कर्णालीको निर्णय : असोजभित्र सबै जनसङ्गठन र कात्तिकभित्र पालिका र वडा अधिवेशन सम्पन्न गरिने

मङ्गलबार, २० साउन २०८२, २० : ४६
मङ्गलबार, २० साउन २०८२

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीले आउँदो असोज मसान्तभित्र आफ्ना सबै जनसङ्गठनका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । सोमबार सुर्खेतस्थित पार्टी कार्यालयमा बसेको प्रदेश कमिटीको छैटौँ पूर्ण बैठकले अधिवेशन हुन बाँकी रहेका पालिका तथा वडाहरूको अधिवेशन पनि कात्तिकभित्र सम्पन्न गर्ने महत्त्वपूर्ण निर्णय गरेको हो ।

प्रदेश कमिटीका अध्यक्ष कमरेड गुलावजंग शाहले मंगलबार पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सुनाए । उनका अनुसार बैठकले पार्टी केन्द्रीय कमिटीको नवौँ र आठौँ बैठकबाट भएको अन्तर पार्टी निर्देशन–१२ (अपानी–१२) लाई मातहतका सबै कमिटीमा लागू गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ ।

साथै, विधान संशोधन सम्बन्धी मस्यौदामाथि छलफल गर्दै सुझाव सङ्कलनका लागि साउन मसान्तभित्र सबै जिल्ला कमिटीका बैठक सम्पन्न गरी भदौ ५ गतेभित्र प्रदेश कार्यालयमा पठाउन निर्देशन दिइएको छ ।

बैठकमा सङ्गठन विभाग प्रमुख एवं प्रदेश पार्टी सचिव ध्रुवकुमार शाहीले प्रस्तुत गरेको पार्टीको वार्षिक कार्य योजना र वित्त विभाग प्रमुख एवं पार्टी उपाध्यक्ष कमरेड टेकराज पछाईद्वारा प्रस्तुत वार्षिक बजेट सर्वसम्मतिले पारित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप