शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वनस्थलीमा दिनदहाडै लाखौँ बराबरको चोरी

बुधबार, २१ साउन २०८२, १२ : ३०
बुधबार, २१ साउन २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ वनस्थलीमा मंगलबार दिउँसो चोरी भएको छ । सो स्थानमा डेरा गरी बस्ने मोरङ धनपालथान गाउँपालिका-५ घर भएकी ३८ वर्षीय सृजना तिवारी र महोत्तरी जलेश्वर नगरपालिका-२ घर भएकी ५१ वर्षीया बबिता वैदेको कोठामा चोरी भएको हो ।

नेपाल प्रहरीका अनुसार उनीहरुकोबाट नगद तथा विभिन्न गरगहना गरी करिब १६ लाख १७ हजार ९ सय ४६ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप