आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

बालयौन दुरुपयोग मुद्दाका प्रतिवादी रवि लामिछानेको पक्षमा हस्ताक्षर जाँदा पक्राउ

बुधबार, २१ साउन २०८२, १५ : ३७
बुधबार, २१ साउन २०८२

सारांश

  • प्रहरीले मोरङको विराटनगरबाट बालयौन दुरुपयोग मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ।
  • पक्राउ परेका व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा हस्ताक्षर गर्न गएका थिए।
  • सुनसरी जिल्ला अदालतले उनलाई २ वर्ष कैद र २५ हजार जरिवानाको फैसला सुनाएको थियो।

काठमाडौँ । प्रहरीले मोरङको विराटनगरस्थित महेन्द्र चोकबाट बालयौन दुरुपयोग मुद्दाका प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न गएका ५९ वर्षीय अर्थराज कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

कोइराला सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का स्थानीय हुन् ।

महेन्द्र चोकमा हस्ताक्षर संकलन कार्यक्रममा पीडित परिवारले उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नियन्त्रणमा लिएर उनलाई सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

सुनसरी जिल्ला अदालतले उनलाई असार ३२ मा कसुरदार ठहर गर्दै २ वर्ष कैद र २५ हजार जरिवाना हुने फैसला गरेको थियो । फैसला भएपनि पुनरावेदन गर्ने समय बाँकी रहेको हुनाले उनी रिहा हुनसक्ने प्रहरी अधिकृतहरू बताउँछन् । प्रहरीले उनलाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप