आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
मदन भण्डारीको ७५औँ जन्मजयन्ती

प्रतिगमन गरेर हैरान छ, लोकतान्त्रिक र वामपन्थी मिलेर पराजित गर्नुपर्छ : केपी ओली

आइतबार, १४ असार २०८३, १६ : २९
आइतबार, १४ असार २०८३

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको मुख्य आवश्यकता प्रतिगमनलाई परास्त गर्नु रहेको बताएका छन् ।
  • उनले सबै लोकतान्त्रिक वामपन्थी मिलेर कार्यगत एकताको माध्यमबाट प्रतिगमनलाई पराजित गर्नुपर्नेमा जोड दिए ।
  • ओलीले समाजवाद निर्माणको कुरा अहिलेको प्राथमिकता नभएको बताए ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको मुख्य आवश्यकता प्रतिगमनलाई परास्त गर्नु रहेको बताएका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘कहाँबाट समाजवाद निर्माण गर्नु, हैरान छ प्रतिगमन गरेर । यतिबेला प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो’, उनले भने, ‘सबै लोकतान्त्रिक वामपन्थी मिलेर कार्यगत एकताको माध्यमबाट प्रतिगमनलाई पराजित गर्नैपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप