सर्लाहीमा टायर गाडासँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
बुधबार, २१ साउन २०८२, १६ : २२
सारांश
- सर्लाहीको हरिपुर्वामा मोटरसाइकल टायरगाढासँग ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा मोटरसाइकल चालक अशोक यादव रहेका छन्, उनको शव पोष्टमार्टमका लागि मलंगवा अस्पतालमा राखिएको छ।
- दुर्घटनापछि स्थानीयले मिर्चैया चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए, तर अहिले स्थिति सामान्य छ।
काठमाडौँ । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ स्थित मिर्चैयामा टायरगाढासँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा.५ प २२०८ नम्बरको मोटरसाइकल चालक अशोक यादव छन् ।
२१ वर्षीय यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले रातोपाटीलाई बताए । खिलागाउँबाट वसन्तपुरतर्फ जाँदै गरेको टायरगाडामा विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किएको हो ।
घटनाको विषयमा स्थानीयले बुधवार बिहान मिर्चैया चोकमा टायर बालेर प्रदर्शन गरेका थिए । अहिले स्थिति सामान्य भएको डीएसपी राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण