सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मनाइयो ३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस

शनिबार, २४ साउन २०८२, १७ : ०२
शनिबार, २४ साउन २०८२

सारांश

  • काठमाडौँसहित देशभर ३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइयो।
  • राष्ट्रिय सभागृहमा जातीय पहिचानसहित झाँकी प्रदर्शन गरिएको थियो।
  • संयुक्त राष्ट्रसङ्घले सन् १९९४ डिसेम्बर २३ मा अगस्ट ९ लाई आदिवासी दिवस मनाउने निर्णय गरेको हो।

काठमाडौँ ।  ३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइएको छ । शनिबार काठमाडौँसहित देशभर आदिवासी जनजाति समुदायले ३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएका हुन् । राष्ट्रिय सभागृहमा आयोजित मूल समारोह सुरु हुनुअघि विभिन्न ठाउँबाट जातीय पहिचानसहित झाँकी प्रदर्शन गरिएको छ । 

भृकुटी  मण्डपबाट सुरु भएको झाँकी टुँडिखेल परिक्रमा गर्दै सभागृह पुगेर कार्यक्रमस्थल जानेछ । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्ट ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप