कर्णालीमा कांग्रेस संसदीय दलको बैठकः सानातिना मतभेद स्वाभाविक हाे
सारांश
- कर्णालीमा एमाले र कांग्रेसबीचको खटपटबारे कांग्रेस संसदीय दलको बैठकले सरकार सञ्चालनको समीक्षा गरेको छ।
- बैठकमा गठबन्धनभित्रको समन्वय, सरकारका काम र पार्टीको आगामी दिशाबारे छलफल भएको बताइएको छ।
- एमालेले कांग्रेसको भूमिका गठबन्धनको संस्कृतिअनुरूप नभएको टिप्पणी गरेपछि सांसद सिंहले सानातिना मतभेदलाई अस्वाभाविक मान्न नहुने बताए।
सुर्खेत । कर्णालीमा सत्तारुढ दलहरू एमाले–कांग्रेसबिच खटपट भइरहेको चर्चाबिच आइतबार कांग्रेस संसदीय दलको बैठक बसेको छ । यद्यपि नेताहरूले यो बैठकलाई सरकार सञ्चालनको एक बर्से समीक्षाका रूपमा व्याख्या गरेका छन् ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले बैठकमा आफ्नो भूमिका र समग्र सरकारको कार्यसम्पादनको समीक्षा गरिएको रातोपाटीलाई बताए । बैठकमा सत्तारूढ गठबन्धनभित्रको समन्वय, सरकारका कामकारबाही र पार्टीको आगामी दिशाबारे गम्भीर छलफल भएको उनको भनाइ छ ।
कांग्रेस सांसद वेदराज सिंहले एक वर्षको अवधिमा भएका कामको समीक्षा गर्दै आगामी दिनमा सरकारलाई थप प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको जानकारी दिए । ‘यो अवधिमा भएका काम, सिकाइ र चुनौतीहरूको विषयमा गम्भीर समीक्षा भयो,’ उनले बताए ।
गठबन्धनमा मतभेद स्वाभाविक
बिहीबार एमाले संसदीय दलको बैठकले कांग्रेसको भूमिका गठबन्धनको संस्कृतिअनुरुप नभएको निष्कर्ष निकालेको थियो । शुक्रबार कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले अर्थ मन्त्रालयले आयोजना गरेको कार्यक्रम नै बहिष्कार गरेका थिए । यो विषयले गठबन्धन दलहरूबिच सम्बन्ध समधुर नभएको बुझ्न सकिन्थ्यो ।
सांसद सिंहले फरक–फरक विचार र आदर्श बोकेका पार्टीहरूबिच गठबन्धनमा सानातिना मतभेद देखिनु स्वाभाविक भएको बताए । ‘दुई फरक विचार र आदर्श भएका पार्टीबिच सहकार्य छ, तर कहिलेकाहीँ प्रतिस्पर्धा पनि हुन्छ,’ उनले थप भने, ‘यस क्रममा देखिने सानातिना मतभेदलाई अस्वाभाविक मान्नु हुँदैन ।’
एमाले नेतृत्वमा सरकार गठन भए पनि विकास निर्माणसँग सम्बन्धित महत्त्वपूर्ण मन्त्रालयहरू कांग्रेसको भागमा रहेकाले सफलता र असफलताको हिस्सेदार कांग्रेस पनि भएको उनले स्विकारे । ‘सरकारको सफलता र असफलता दुवैको भागीदार कांग्रेस पनि हो भन्नेमा हामी स्पष्ट छौं,’ उनले भने ।
एमालेको टिप्पणीबारे कांग्रेसको धारणा
नेकपा एमालेले ‘कांग्रेसको भूमिका गठबन्धनको संस्कृतिअनुरूप नभएको’ भनी निष्कर्ष निकालेको विषयमा सोधिएको प्रश्नमा सिंहले यस्ता कुराहरू मिडियाबाट सुने पनि त्यसले गठबन्धनको सहकार्यमा असर नपार्ने बताए ।
‘उहाँहरूलाई (दल नेताहरू) के कुराले त्यस्तो लाग्यो, त्यो उहाँहरूले नै बुझ्ने कुरा हो। तर हामीलाई त्यस्तो लागेको छैन,’ उनले भने, ‘दुवै दल जिम्मेवार बन्नुपर्छ र हामी अझै जिम्मेवार भएर अघि बढ्नेछौँ ।’ सरकारका कामलाई अझ प्रभावकारी र छरितो बनाउनुपर्ने, मन्त्रीहरूको भूमिकालाई थप रचनात्मक बनाउनुपर्ने र सदनमा पार्टीको उपस्थिति बलियो बनाउनुपर्नेलगायत छलफल भएको सिंह बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण