विद्याको सदस्यता नवीकरण गरेको मिलेन भन्नु विधानसम्मत छैन : कर्ण थापा
काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा(एमाले)का स्थायी समिति सदस्य कर्णबहादुर थापाले पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गरेको मिलेन भन्नू न्याय र विधानसम्मत नभएको जिकिर गरेका छन् ।
२०७२ सालमा भण्डारी पहिलोपटक राष्ट्रपति हुँदाको बखत एमालेबाट अलग भएको पत्र मंगलबार सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै थापाले विवेक र विधि पुर्याएर बोल्न आग्रह गरे ।
नेपालको संविधान र कानुनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, न्यायाधीशहरूको नियुक्ति हुँदा दलको सदस्यता त्याग्नुपर्ने व्यवस्था नभएको उनको तर्क छ ।
‘नेपालको संविधान र कानुनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, सबै तहका अदालतको न्यायाधीशहरूको नियुक्ति हुँदा दलको सदस्यता त्याग्नु पर्ने व्यवस्था गरेको छैन ।
आदिवासी, दलित, मुस्लिम र मधेसी आयोग बाहेकका आयोगमा नियुक्ति भएका बखत कुनै दलको सदस्य नरहेको हुनुपर्ने भन्ने व्यवस्था रहेको छ’, उनले लेखेका छन्, ‘राष्ट्रपति र उपराष्ट्रपतिको हकमा मनोनीत वा निर्वाचित कुनै राजकीय पदमा रहेको व्यक्ति निर्वाचित भएमा स्वतह पदको खारेजीको व्यवस्था गरेको छ । संविधानले नै सदस्यता त्याग्नु नपर्ने व्यवस्था भए बमोजिम नत्यागेको सदस्यता एमालेको विधान बमोजिम एक वर्ष पहिल्यै नवीकरण भई सकेको र सबैले स्वीकार गरिसकेको पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गरेको मिलेन भन्नू सङ्गतिपूर्ण, न्याय सम्मत र विधानसम्मत देखिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण