बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ र ललितपुरमा लाखौँ रुपैयाँ बराबरको चोरी

बुधबार, २८ साउन २०८२, १५ : १४
बुधबार, २८ साउन २०८२

सारांश

  • काठमाडौँ र ललितपुरमा मंगलबार लाखौंको धनमाल चोरी भएको छ।
  • तारकेश्वरमा शर्मिला भट्टको कोठाबाट ३ लाख ६६ हजार बराबरको धनमाल चोरी भयो।
  • ललितपुरमा उमा अधिकारीको कोठाबाट ८ लाख १० हजारको सुनका गहना चोरी भएको छ।

काठमाडौँ । मंगलबार एकै दिन काठमाडौँ र ललितपुरमा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

काठमाडौँको तारकेश्वर नगरपालिका-६ धर्मस्थली डेरा गरी बस्ने ३२ वर्षीया शर्मिला भट्टको कोठाबाट सुनका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ३ लाख ६६ हजार २ सय ८६ रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको हो ।  

यसै गरी, ललितपुरको ललितपुर महानगरपालिका-१३ कुसुन्ती डेरा गरी बस्ने उमा अधिकारीको कोठाबाट सुनका विभिन्न गरगहना गरी करिब ८ लाख १० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ । 

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप